Logo

आजको मौसम : मेघगर्जन र चट्याङदेखि हावाहुरीसम्म



काठमाडौं, वैशाख १२ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज लुम्बिनी प्रदेश लगायत देशको तराईका केही स्थानहरुमा हावा हुरीको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस्