Logo

आर्सनलसँग चेल्सी ५ गोलले पराजीत



काठमाडौं, वैशाख १२ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई ५–० ले हराएको हो । आर्सनलको ३४ खेलमा ७७ अङ्क भएको छ ।

आर्सनल भन्दा दुई खेल कम खेलेको चेल्सी ४७ अङ्कका साथ नवौँ स्थानमा छ । लिगमा लिभरपुल ३३ खेलमा ७४ अङ्कसहित दोस्रो र म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अङ्कसहित तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot