Logo

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिंदै



काठमाडौं, वैशाख १२ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि मुख्यमन्त्री कँडेलले मंगलबा।र प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् ।

प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिए । यस्तै मंगmबार मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफलमा मन्त्रालय भागबन्डाको विषय टुङ्गिएको छ । जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ । भागबन्डा टुङ्गिएकाले बुधवारसम्म मन्त्रीमण्डल विस्तार हुने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्