Logo

बझाङ उपनिर्वाचन: एमाले उम्मेदवार भण्डारीका बावुको अन्त्येष्टि, थापाले ओढाए पार्टीको झण्डा



काठमाडौं । वैशाख १५ गते हुने बझाङ प्रदेश सभा ख को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका दमन भण्डारी पितृशोकमा छन् । उनका ८८ वर्षिय पिता चक्रबहादुर भण्डारीले मंगलबार निधन भएको थियो ।

मंगलबार निधन भएका भण्डारीको आज बिहान भ्यागुते खोलाको सेतीदोभानमा अन्त्येष्टि गरिएको एमाले केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए । उम्मेदवार नै पितृशोकमा परेपछि एमालेले मंगलबारको सबै चुनावी गतिविधि स्थगित गरेको थियो । आजबाट भने चुनावी प्रचारलाई निरन्तरता दिने एमालेले जनाएको छ ।

उनको पार्थिव शरीरमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य राजेन्द्र रावल र केन्द्रीय सदस्य ऐन महरले सामूहिक रुपमा पार्टीको झन्डा ओओढाएर श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली सभामा उल्लेख्य मात्रामा एमालेका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । साथमा अन्य पार्टीका नेता कार्यकर्ता पनि उपस्थित थिए । श्रद्धाञ्जली सभामा बोल्दै स्थायी कमिटी सदस्य कर्ण थापाले शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका थिए ।

बझाङबाट निर्वाचन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा निधन भएपछि त्यहा उपनिर्वाचन हुन लागेको हो ।

तस्बिर/ ऐन महरको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्