Logo

चुलाचुलीमा एमालेको चुनावी सभा, ओली-सुहाङदेखि हरिवोलसम्मले गरे सम्बोधन (तस्बिरहरु)



काठमाडौं, १२ बैशाख । नेकपा एमालेले इलामको चुलाचुलीमा वृहत्त आम सभाको आयोजना गरेको छ । पार्टीअध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेतालाई ल्याएर एमालेले चुनावी सभा आयोजना गरेको हो ।

यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार सुहाङ नेम्वाङलाई जिताउनको लागि ओली स्वयं फिल्डमा उत्रिएका छन् । यसअघि पनि उनले इलाममा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गरिसकेका छन् ।

आज भने उनी झापाको चन्द्रगढी विमानस्थल ओर्लिएका थिए । विमानस्थलमा ओलीलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार सुहाङ नेम्वाङले जित्नेमा एमाले नेतृत्व ढुक्क छ । सो क्षेत्रमा नेपाली कांग्रेसबाट डम्बर खड्का उठेका छन् ।

उता, नयाँ दल रास्वपाले मिलन लिम्बुलाई उठाएको छ । पहिचानवादीले भने डकेन्द्रसिंह थेगिमलाई उठाएको छ । यो क्षेत्रमा चार उम्मेद्वारबीच कडा प्रतिष्पर्धा हुने चर्चा छ । निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएकोले दलहरुले आज अन्तिम दिन चुनाव प्रचारप्रसारलाई आक्रामक बनाएका छन् ।

सुहाङ इलाम २ मा नेकपा एमालेसहित माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलका तर्फबाट साझा उम्मेदवार छन् । उनलाई भोट माग्नको लागि माओवादी केनद्रका उपमहासचिवसमेत रहेका नेता हरिवोल गजुरेललगायत इलाममा पुगेका थिए । तस्बिरमा हेर्नुहोस् एमालेको चुनावी सभाको केही झलक


तस्बिर/ ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्