Logo

मौन अवधिअघि सोबिता गौतमले मागिन् मिलन लिम्बुलाई मत : धेरै मत दिएर विजयी गराउनेमा आशावादी छु



काठमाडौं, १२ बैशाख । रास्वपाका सांसद सोबिता गौतमले यही बैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार मिलन लिम्बुलाई मत मागेकी छिन् ।

मौन अवधि सुरु हुनुअघि सोबिताले चुनावी प्रचारको क्रममा उम्मेद्वार लिम्बुसँग खिचेको तस्विर साझा गर्दै इलाम-२ का आम मतदाताले मिलनलाई धेरैभन्दा धेरै मत दिएर विजयी गराउनेमा आफू आशावादी भएको उल्लेख गरेकी छिन् । उनले एक एक थुँगालाई जोडेर माला बनाउने धागो बन्न मिलन लिम्बु तयार रहेको पनि जनाएकी छिन् ।

उनले फेशबुकमा लेखेकी छिन्-

एक एक थुँगालाई जोडेर माला बनाउने धागो बन्न मिलन लिम्बू तयार हुनुहुन्छ । एक एक बाजालाई जोडेर मधुर ध्वनिको सिर्जना गर्ने ताल बन्न मिलन लिम्बू तयार हुनुहुन्छ । एक एक मतको कदर गर्ने एउटा जिम्मेवार जनप्रतिनिधिको रूपमा आफूलाई स्थापित गराउन मिलन लिम्बू तयार हुनुहुन्छ । त्यसका लागि ईलाम क्षेत्र नं २ का आम मतदाताले उहाँलाई धेरै भन्दा धेरै मत दिएर विजयी गराउनु हुनेछ भन्नेमा म आशावादी छु ।



प्रतिक्रिया दिनुहोस्