Logo

कम्युनिष्ट आन्दोलनका पर्याय मनमोहन : नेता पोखरेल



काठमाडौं, वैशाख १३। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताएका छन् । आव ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्व. नेता अधिकारीले अनेक उत्तारचढाव खेप्नुभएको चर्चा गरे। उनले शासन सत्तामा रहँदा मात्र नभई स्व. नेता अधिकारी प्रतिकूल अवस्थामा समेत स्थिर रहनुभएको बताए । कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनै पनि अतिवादमा स्व. अधिकारी नपरेको उनले बताए ।

स्वभाव र विचारमा नरम देखिए पनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा उनी नरहेको नेता पोखरेलले बताए। अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक रहेको उनले चर्चा गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot