Logo

राष्ट्रपति पौडेलद्वारा हिमालयन हाइड्रो एक्स्पो उद्घाटन (फोटोफिचर)



काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन् । ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आजबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो– २०२४ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सरकारको सहजीकरण र समन्वय अनि निजी क्षेत्रको लगानीबाट नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

‘राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ । यसका लागि नेपाल सरकारले ऐन, कानुन, नीति–नियमहरूमा सहजीकरण गर्नुपर्छ भने निजी क्षेत्रले मुलुकको हित र समृद्धिलाई सर्वोपरी मानेर लगानीलाई बढाउँदै जानुपर्छ भन्ने मलाई लाग्छ,’– उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले सङ्घीयतासँगै नेपाल लोकतन्त्रको उच्च अभ्याससहित राजनीतिक स्थिरतातर्फ लम्किरहेको र यसले स्वदेशी तथा विदेशी लगानी आकर्षण बढ्दै जाने अवस्था सिर्जना भइरहेको समेत बताए । उनले सङ्घीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको स्पष्ट पारे । तस्विरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot