काठमाडौं,१३ वैशाख । कर्णाली प्रदेशको मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने प्रयोजनार्थ डाकिएको प्रदेश सभाको बैठक जारी छ । आजको बैठकमा मुख्यमन्त्री कँडेलेल विश्वासको मत लिँदैछन् ।
यसैबीच राप्रपा कर्णालीमा पनि तटस्थ रहने भएको छ । प्रदेश सभाको बैठकमा बोल्दै राप्रपा सांसद सन्तोषी शाहीले मुख्यमन्त्री बनाउने र गिराउने खेलमा आफूहरु नलाग्ने भन्दै तटस्थ रहने जानकारी गराईन् ।
चैत २७ गते माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा कँडेल मुख्यमन्त्री नियुक्त भएका थिए ।
सत्तारूढ दलहरू एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एस) का २४ जना सांसद छन्। एमालेबाट एक जना सभामुख छन्।
कर्णाली प्रदेश सभामा बहुमत पुर्याउन २१ मत चाहिन्छ।