Logo

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध युवराज सफलले दायर गरेको रिट दरपीठ



काठमाडौं, १४ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ । आज (शुक्रबार) सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न योग्न नभएको भन्दै दरपीठ गरिदिएको हो । सर्वोच्च प्रशासनले रिट निवेदकलाई असाधरण अधिकार क्षेत्रको प्रयोग गर्नबाट रोक लगाएका छ ।

‘अदालतको असाधरण अधिकार क्षेत्रअन्तर्गत आउँदा निवेदकको के कुन हक अधिकार कसरी हनन् हुन गएको हो ? प्रष्ट हुनुपर्नेमा सो उल्लेख भएको देखिएन । यसलगायत सहकारी ऐन–२०७४ को दफा १२२ मा सहकारी सम्बन्धी कसुर तथा दफा १२४ मा १२२ मा उल्लेखित कसुरहरुको सजाय र दफा १३१ मा ‘दफा १२४ बमोजिमको सजाय हुने कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा सम्बन्धित जिल्ला अदालतबाट हुनेछ’ भनी व्यवस्था गरेको देखिँदा निवेदकको मागको सम्बन्धमा साधारण अधिकार क्षेत्रको प्रयोग गरी उपचार खोज्न सकिने नै हुँदा यस अदालतको असाधरण क्षेत्राधिकार अन्तर्गत प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन,’– सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलबाट भएको आदेशमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot