काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरुले आज (शुक्रबार) साँझ आर. आर. क्याम्पसअघि प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले बोकेको प्लेकार्डमा जिबी राई कहाँ छ, रवि दाइलाई थाहा छ, रवि दाइ हाईहाई, निर्मला पन्तलाई न्याय खोई ? भन्ने लेखिएको थियो । नेविसंघले गृहमन्त्री लामिछानेविरुद्ध निरन्तर प्रदर्शन जारी राखेको छ ।
कांग्रेसले पनि गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग राखेर सदन अवरोध गरेको थियो । कांग्रेसले छानबिन समिति नबनाईए बजेट अधिवेशनपनि चल्न नदिने रणनीति तय गरेको छ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम