Logo

बझाङ र इलाममा एकसाथ मतदान सुरु, यी सवारी साधनलाई छैन रोकावट



काठमाडौं, वैशाख १५ । निर्वाचन आयोगले आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको मतदान हुने इलाम र बझाङ जिल्लामा १५ प्रकारका सवारी साधन चल्न दिने भएको छ । मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्वाचन आयोग मापदण्ड तयार गरी तोकिएको भन्दा बाहेक सवारीसाधन चल्न नदिने भएको हो ।

आयोगले सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी मतदाता ओसारपसार गर्ने बाहेकका सवारी साधन चल्ने व्यवस्था मिलाउन मतदान हुने जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो । यसैबीच, आयोगले बिरामी बोकेको एम्बुलेन्स, खानेपानी र दूध बोक्ने गाडी, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मी र स्वास्थ्यकर्मी, दुरसञ्चार तथा केबल सेवा, शव वाहनलाई निर्वाध रूपमा सञ्चालनको अनुमति दिइएको छ ।

आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत् सेवा, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने नीलो नम्बर प्लेट भएका सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएका सवारी साधन, सुरक्षाकर्मी, आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदानमा खटिएका कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनलाई सञ्चालनको अनुमति दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot