Logo

रास्वपाका नेताहरुलाई कांग्रेस नेता केसीको चूनौति : तागत भए कुन नेताले प्रधानमन्त्री अफर गरेको हो जनतासामु ल्याउ (भिडिओसहित)



काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले नयाँ दलहरुले राम्रो काम गर्लान भनेको त उनीहरु नै भ्रष्टाचा।रको दलदलमा फसेको टिप्पणी गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको भन्ने विषयमा प्रमाण र तागद भए कुन नेताले कसलाई के अफर गरेको हो ? नेपाली जनताकासामू उजागर गर्न केसीले चूनौति दिएका छन् । उनले आफूले बुझेसम्म कांग्रेसका कोही पनि नेताले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेको जिकिर गरे । उनले जनप्रियताको नाममा हुनै नसक्ने काम गर्छु भन्नेहरुसँग कांग्रेस निरन्तर लड्नुपर्नेपनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot