Logo

इलाम २ उपनिर्वाचन : मतपेटिका जम्मा गर्न समय लाग्ने भएपछि मतगणना भोलि बिहानबाट गरिने



काठमाडौं, १५ बैशाख । आजैबाट मतगणना गर्ने भनिएको इलाम-२ को उपनिर्वाचनको मतगणना भोलि (आइतबार) विहानमात्रै हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार मतपेटिका संकलन गर्न नै आज राति अबेरसम्म लाग्ने भएपछि मतगणना भने भोलि विहानबाट मात्रै सुरु गरिने भएको हो ।

इलामका सिडिओ इन्द्रदेव यादवले मतपेटिका संकलन गर्न नै राति अबेरसम्म समय लाग्ने जनाए । सिडिओ यादवले सर्वदलीय बैठक भोलि विहान ७ बजेको लागि बोलाएका छन् । त्यसपछि भोट काउन्ट गरिने प्रशासनको तयारी छ । इलाममा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका दीपक खड्का, रास्वपाका मिलन लिम्बु र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच नै मुख्य प्रतिष्पर्धा हुने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot