Logo

देशैभरका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बोलन शाहल देशैभरका विपन्न नागरिकको उपचार काठमाडौँ महानगरले गर्ने घोषणा गरेका छन् ।

सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार गरिने बालेनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला’ उनले भनेका छन् । ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot