Logo

आईपीएल : आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद भिड्दै



काठमाण्डौं, वैशाख १६ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अहमदावादमा शुरु हुनेछ । गुजरात नौ खेलमा आठ अङ्कसहित तालिकामा सातौं स्थानमा छ । समान नौ खेलमा चार अङ्क रहेको बेंगलुरु तालिकाको पुछारमा छ ।

आज हुने दोस्रो खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल चेन्नईमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । चेन्नई आठ खेलमा आठ अङ्गसहित तालिकामा छैठौँ स्थानमा छ । समान आठ खेलमा हैदराबाद १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा नौ खेलमा १६ अङ्कसहित राजस्थान शीर्ष स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot