Logo

०८४ को निर्वाचनपछि एमालेको सरकार बन्ने योगेश भट्टराईको दाबी



काठमाडौं, १६ बैशाख । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले ०८४ को निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् । उनले देश बनाउनको लागि पनि एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । आज जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेश प्रदेशका इन्चार्जसमेत रहेका नेता भट्टराईले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिने पनि जनाए । उनले भने,‘खाडीको धूपमा पसिना बगाउने नौजवानहरुलाई स्वदेशमै पसिना बगाउने, देशभित्रै श्रम गर्ने, आत्मसम्मानका साथ नेपाली हुँ भनेर गर्व गर्ने अभियानमा हामी सबै एकतावद्ध भएर लाग्नुपर्ने छ ।’

उनले अहिले पार्टी सरकारमा भएपनि नेतृत्व गर्न नपाएको सुनाए । अब भने मिसन ०८४ अनुसार एमाले अघि बढेको र निर्वाचनमा राम्रो परिणाम ल्याउने उनको विश्वास छ । उनले थपे,अहिले पनि एमाले सरकारमा त छ । तर, हामीले सरकारको नेतृत्व गर्न पाएका छैनौँ । मधेसको सरकारमा हामी छौँ । तर, मुख्यमन्त्री हामीसँग छैन । त्यसैले हामीले जनताले चाहेको जस्तो काम गर्न पाएका छैनौँ । ०८४ मा निर्वाचन हुँदैछ । अब एमालेको एउटै संकल्प छ । यो देशको प्रधानमन्त्री एमालेको हुनेछ । मधेसको मुख्यमन्त्री एमालेको हुनेछ । हामीले त्यो सन्देश गाउँगाउँमा लैजानु पर्ने छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot