Logo

राष्ट्रपति पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी



काठमाडौं,१६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।

पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको शीतलनिवासले जनाएको छ ।

नीतिगत र व्यवसाय सुरू गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधारका लागि सरकारले ९ वटा ऐनलाई अध्यादेशमार्फत् संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot