Logo

म प्रधानमन्त्री बन्न मरिहत्ते गर्ने नेताहरुमा पर्दिनँ, गगन र म एउटै मोर्चामा छौं : शेखर कोइराला (भिडिओसहित)



काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले आफू प्रधानमन्त्री बन्नको लागि मरिहत्ते गर्ने नेताहरुमा नपर्ने स्पष्ट पारेका छ्न । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री होस भनेर सदिक्षा राखेपनि आफू के को लागि प्रधानमन्त्री हुने भन्दै प्रश्न उठाए ।

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले को प्रधानमन्त्री बन्ने भन्दापनि के कोलागि प्रधानमन्त्री बन्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । कांग्रेस र एमाले मिल्ने अवस्था आए सहमतिमा प्रधानमन्त्री बन्ने कुरा हुन्छ ।’

उनले आफूलाई महामन्त्री गगन थापाले साथ दिने विश्वास दिलाए । उनले भने,‘अहिले गगन थापाजी र म एकै ठाउँमा छौं ।’ उनले आफू र गगन थापा १५औं महाधिवेशनमा एउटै मोर्चामा हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot