Logo

अशक्त र गरिबले कामपाभित्र निःशुल्क उपचार पाउने



काठमाडौँ, १६ वैशाख । काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो ।

कामपाले आज सूचना जारी गर्दै लक्षित वर्गका बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आए बिरामीले निःशुल्क उपचार पाउने बताएको हो ।

महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन् । उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन् । सम्पर्कका लागि निःशुल्क टेलिफोन नं ११८० मा फोन गरेर जानकारी लिन कामपाले आग्रह गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot