Logo

हामी गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दैनौं, संसदीय छानबिन बनाउने भनेको हो : शेखर कोइराला (भिडिओसहित)



काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले छानबिन समिति बनाउन नमान्नुको कारण सोधेका छन् । उनले गृहमन्त्र िलामिछाने उक्त प्रकरणमा नमुछिएको भए किन छानबिन समिति बनाउनबाट डराएको भन्दै प्रश्न उठाएका छन् ।

प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो प्रश्न उठाएका हुन् । उनले भने,‘नेपाली कांग्रेसले त्यतिकै यो विषय संसद्मा उठाएको होईन, जनताको आवाज उठाएको हो । उहाँ अगर डराउनुभएको छैन्, संसदीय छानबिन समिति बनाउन उहाँलाई के ले रोकेको छ ?’

पत्रकार धमलाले गृहमन्त्री लामिछानेले संसदीय छानबिन गठन गरेपछि मेरो राजीनामा माग्छन् भनेर भन्नुभएको छ नि ? भनेर राखेको प्रश्नमा नेता कोइरालाले भने–‘हामी राजीनामा माग्दैनौं । किन माग्ने राजीनामा ? हामीले त जनताले भनेपछि संसदीय छानबिन समिति माग गरेको हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot