Logo

महिला स्वास्थ्य प्रवर्धनमा मिस नेपालहरुले काम गर्ने



काठमाडौं, १६ बैशाख । मिस नेपाल वल्र्ड श्रीच्छा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले आफूहरु महिला स्वास्थ्यको प्रवद्र्धनमा सक्रिय हुने बताएका छन् । नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा आज आयोजित एक कार्यक्रममा मिस नेपाल वल्र्ड प्रधानले आफू वातावरण विज्ञानको विद्यार्थी भएकोले वातावरण संरक्षण र स्वास्थ्य एकअर्काका परिपुरक भएकोले स्वास्थ्य अझ महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताएकी हुन् ।

कार्यक्रममा मिस नेपाल इन्टरनेशनल प्रशिद्धी शाहले महिलाहरुमा हुने मुत्ररोगका समस्या सामान्य रुपमा देखिएपनि विविध कारणले असामान्य रूपमा फैलिरहेकोले आफूले यसका लागि सम्भव भएका सबै क्षेत्रमा पहल गर्ने बताईन् ।

मिस नेपालहरुले विभिन्न माध्यमहरुबाट प्रवद्र्धनात्मक स्वास्थ्यलाई आम जनसमुदायसमक्ष पुर्याईरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए । मिस नेपाल प्रतियोगिताका विभिन्न स्वास्थ्यजन्य कार्यक्रमहरुमा आफूहरुको उपस्थिति रहने गरेको र विशेषगरि मिस नेपालहरुले आफ्नो कार्ययोजनामा स्वास्थ्यसम्बद्ध विषयहरुलाई परियोजनाको रुपमा अगाडि बढाउंदा नेपाल मेडिसिटी अस्पतालले प्राविधिकलगायतका सहयोग गर्ने अस्पताल प्रमुख रिमालले बताए ।

कार्यक्रममा हिडन ट्रेजरका चेयरमेन अजय रत्न स्थापितले नेपाल मेडिसिटी अस्पतालले बीरगंजमा पनि विश्वस्तरीय सेवाहरु प्रदान गरिरहेको पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका मुत्ररोग विशेषज्ञ डा. अनिल पुकार शाहले महिलाहरुमा हुने मुत्र रोगका समस्या र त्यसका निराकरणका लागि गर्नुपर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।

वीरगञ्जस्थित् नेपाल मेडिसिटी अस्पतालले १ सय ५० शैयाको क्षमतामा हाल न्यूरो सर्जरी, न्यूरो फिजिसियन, हाडजोर्नीअन्तर्गत मेरुदण्ड, जोर्नी प्रत्यारोपण, दूर्घटनाजन्य चोटपटक, स्पोट्र्स इन्जुरी, मुत्ररोग, विविध तथा दूरवीनका माध्यमबाट गरिने शल्यक्रिया, स्त्री तथा प्रसुति, बालरोग लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ । सबै प्रकारको रोगको उपचार अहिले अस्पतालमा भैरहेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot