Logo

जापान पुगेर ऋषि धमलाले भने : नेपालमा बेथिति र कुशासन छ, अब सच्याउनुपर्छ



काठमाडौं, १६ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले नेपालमा विद्यमान सबैखाले विकृति तथा विसंगतिको अन्त्य गर्दै देशलाई विकासको गतिमा डोर्याउनुपर्ने बताएका छन् । उनले अहिले नेपालमा बेथिति र कुशासन हाबी भएको भन्दै त्यसलाई सच्याएर जानुपर्ने बताए ।

जापानको टोकियोमा मोना फेस्टिभलको समापन समारोहलाई सम्बोधन गर्दै पत्रकार धमलाले नेपाललाई पनि विकासको मार्गमा डोर्याउनुपर्ने बताए । उनले नेपालले जापानको विकास र प्रविधिबाट सिक्नुपर्ने बताए । मोना फेस्टिभलले जापानमा नेपाल चिनाउने काम गरेको भन्दै धमलाले प्रशंसा गरे ।

उनले भने,‘यो फेस्टिभलले नेपाल चिनाउने काम भयो । म यहाँ देखिएको नेपालीहरुबीचको एकता र सद्भावबाट धेरै नै प्रभावित छु ।’ सो क्रममा उनले जापानमा बसेका नेपालीहरुको प्रगति लोभलाग्दो रहेको भन्दै जापानमा सिकेको सिप र ज्ञानलाई नेपालको विकासमा उपयोग गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष ददिवल खड्काको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा एनआरएनए आइसिसीका उपाध्यक्ष रोविन शेरचन, सचिव पारसमणि पोखरेल, एशिया प्यासिपिक दीपक केसी, एनआरएनए जापानका अध्यक्ष नवीन निउरेलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot