Logo

छबिसपाथीभेराको गणना सकियो, एमाले शीर्ष स्थानमा रहँदा कांग्रेसलाई माओवादीले उछिन्यो



काठमाडौं,१६ वैशाख । प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को मतपरिणाम सार्वजनिक भईरहेको छ । छविसपाथिभरा गाउँपालिकाको मत गणना सकिँदा एमाले उम्मेदवार भण्डारीले एक हजार ८ सय ५ मत पाएका छन्।

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले १२ सय ७४ मत पाएका छन्। उनीहरुब्ीचको मतान्तर ५३१ को रहेको छ ।

तेस्रो स्थानमा ओर्लिएमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११ सय २८ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५ सय ७७ मत पाएका छन्। राप्रपाका किशोर खड्काले २० मत पाएका छन्। ६७ मत बदर भएका छन्।

बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot