Logo

इलाममा नेम्वाङको अग्रता फराकिलो बन्दै, पछ्याउँदै कांग्रेस उम्मेदवार खड्का



काठमाडौं, १६ वैशाख । इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । अहिलेसम्म भएको मतगणनामा उनले ३२४९ मत पाएर अगाडि छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले नेम्वाङलाई पछ्याइरहेका छन् । खड्काले २४६९ मत पाएका छन् । उनी नेम्वाङभन्दा ७८० मतले पछि छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ६९६, रास्वपाका मिलन लिम्बूले ४३४ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot