Logo

पत्रकार ऋषि धमला जापानमा सम्मानित



काठमाडौं, १६ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम प्राइम टिभीका अध्यक्ष ऋषि धमला सम्मानित भएका छन् । जापानको टोकियोमा आज (आइतबार) आयोजित विशेष समारोहबीच पत्रकार धमलालाई एएमएस इन्टरनेश्नल अनर एण्ड अवार्ड जापान-२०२४ (AMS International Honor & Award Japan-2024) बाट सम्मानित गरिएको हो ।

नेपालमा पत्रकारिताको क्षेत्रबाट देश तथा जनतालाई सत्य, तथ्य सूचना दिन तीन दशकदेखि सक्रिय भूमिका खेलेको भन्दै धमलालाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड भने नेपालका ख्याँतिप्राप्त अभिनेता शिव श्रेष्ठको हातबाट प्रदान गरिएको हो ।

अवार्ड वितरणसँगै सो हलमा बृहत्त सांस्कृति कार्यक्रमको समेत आयोजना गरिएको थियो । नेपालबाट आधा दर्जन बढि लोकप्रिय गायक तथा गायिकाहरुको प्रस्तुति थियो । कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पनि कार्यक्रममा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot