Logo

बझाङ-१ : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै



काठमाडौं, वैशाख १७ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन्।

त्यहाँ नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १ सय २ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot