Logo

इलाम-२ मा माधव नेपालका उम्मेदवारले कति पाए मत ?



काठमाडौं,१७ वैशाख । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको निरन्तर अग्रता कायमै छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् । सुहाङ खड्काभन्दा २ हजार ६१८ मतले अगाडि छन् ।

त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४६३४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १३०५ मत ल्याएका छन् ।

यता चुनाव अगाडिनै जित निश्चित दाबी गरिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले भने जमानतसमेत जोगाउन नसक्ने निश्चित भएको छ । उनले हालसम्म २४० मत मात्र पाएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाललाई चुनावी कमाण्डर बनाएको सो स्थानमा राईले भारी मतले जित्ने दाबी गर्दै आएका थिए ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot