Logo

आइपीओमा जाने घोषणा गरेपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयास भयो, हामी गुणस्तरप्रति दृढ छौं : निर्वाण चौधरी



काठमाडौं, १७ बैशाख । चौधरी ग्रुपको डाइरेक्टर निर्वाण चौधरीले वाइवाईविरुद्ध गलत हर्कत गरिएको र बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले आइपीओमा जाने घोषणा गरेपछि ब्राण्डलाई बद्नाम गर्न खोजिएको र चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्ति देखिएको गुनासो पोखेका छन् ।

उनले जारी गरेको वक्तव्यमा भनिएको छ–

वाई वाई, नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेको छ र यो अझै विश्वका अन्य देशहरुमा फैलिँदै गएको छ । हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् ।जसमा वाइ वाइलाई निशाना बनाइएको छ ।

हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन् । अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ रु हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं ।

नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot