Logo

इलाम–२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ ३७३४ मतले अगाडि, पछ्याउँदै डम्बर खड्का



काठमाडौं, १७ बैशाख । इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ३७३४ मतले पछि पार्दै नेम्वाङले आफ्नो अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरीणामअनुसार सुहाङ्ले ११००९ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काले भने ७२७५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ५८६९ मत प्राप्त गरेका छन् ।

रवि लामिछाने नेतृत्वको रास्वपाका उम्मेद्वार मिलन लिम्बु भने १५०९ मत ल्याएका छन् । उनी सुरुदेखि नै चौथो स्थानमा खुम्चिएका छन् ।



प्रतिक्रिया दिनुहोस्