Logo

मोहन बैद्यको पार्टी फुट्दै, असन्तुष्ट समूहको रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन



काठमाडौं, १७ बैशाख । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल फुट्ने भएको छ । पार्टीको असन्तुष्ट समूहले अहिले दिउँसो २ बजे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पार्टी विभाजन गर्न लागेका हुन् ।

बद्रि अधिकारी, अशोक सुवेदी र पूर्णबहादुर सिंहलगायतले पार्टी विभाजन गर्न लागेका हुन् । एक वर्षअघि भएको एकता घोषणा भंग भएको असन्तुष्ट समूहले जनाएको छ । गत वर्ष बैशाख १८ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (बहुमत), र तत्कालिन नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएको थियो ।

अध्यक्ष बैद्यसँग अहिले देखिएको समस्या समाधानको लागि पटक पटक छलफल भएपनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएको निश्कर्ष निकालेर आफूहरु अलग हुन लागेको असन्तुष्ट समूहको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot