Logo

बझाङमा एमालेको अग्रता कायमै, सिंह २५ मतले पछि



काठमाडौं,१७ वैशाख । बझाङ १ ‘क’ मा नेकपा (एमाले)का दमनबहादुर भण्डारीको अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २६ हजार ७८५ सदरमतमध्ये भण्डारीले १० हजार ३६३ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले १० हजार ३५४ मत पाएका छन् । उनीहरूबीचको मतान्तर २५ छ ।

माओवादीका जनक बुढाले तीन हजार ६९५ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४२७ मत प्राप्त गरेका छन् । अहिले तलकोटको ६ र ७ वडाको मतगणना जारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot