काठमाडौं, जेठ २ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर सिटी प्यालेसमा जारी आजको बैठक महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजहरूमाथि केन्द्रित रहने जनाइएको छ ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेश गरेका छन् । ती प्रतिवेदनहरूमाथि केन्द्रीय कमिटीमा १२ वटा समूह विभाजन गरी छलफल चलिरहेको छ । एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन गर्ने मिति तोकेको छ ।