Logo

‘हामी चुनावका लागि होइन, देश र समाज परिवर्तनको लागि हो भनेर लाग्नुपर्छ’ : माधव नेपाल (भिडिओसहित)



काठमाडौं, १७ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल देश र जनताको कामको लागि सक्रिय रहेको भन्दै सत्ताको लागि मरिहत्ते नगर्ने स्पष्ट पारेका छन् । उनले आफूहरु सत्ताको लागि वा चुनावका लागि नभई देश र समाज परिवर्तनको लागि राजनीतिमा सक्रिय रहेको जिकिर गरे । उनले आफूहरुले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते नगर्ने स्पष्ट पारे ।

अखिल नेपाल महिला संघले आज आयोजना गरेको नयाँ वर्षविशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरु चुनावदेखि चुनावसम्मको मात्रै मिसन लिएर नहिँडेको जिकिर गरे । उनले भने,‘राजनीतिक लक्ष्य र उद्देश्य स्पष्ट छैनन् भने पार्टी अगाडि बढ्न सक्दैन । मिसन के हो ? चुनावमात्रै हो ? मिसन जनताको मुक्ति हो । त्यसको लागि समाजलाई राम्रो बनाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot