Logo

सांसद डा. महतोद्वारा आगलागी पीडितहरुलाई आर्थिक सहयोग



काठमाडौं, १७ बैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो क्षेत्रका आगलागी पीडितहरुलाई राहतस्वरुप आर्थिक सहयोग प्रदान गरेका छन् ।

सिरहा क्षेत्र नम्बर ४ को मिर्चैया नगरपालिका वडा नम्बर ३ का राघोपुर, सिसबौनीका आगलागी पीडितहरुलाई पूर्वमन्त्री महतोले आर्थिक सहयोग गरेका हुन् । महतोको सहयोगी रुकेश साहले जनाएअनुसार आगलागीबाट पीडित पाँच घरपरिवारलाई महतोले आज घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।

सो क्रममा उनले आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका थिए । उनले अहिलेको मौसमबाट सचेत हुनुपर्ने र आगलागीका घट्ना न्यूनीकरणको लागि स्थानीय तहले पनि सचेतना अपाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot