Logo

चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन



काठमाडौं, १७ बैशाख । चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको माइतीघरस्थित् अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले जानकारी दिए ।

उनी स्वाँसप्रश्वाँस समस्याका कारण अस्पताल भर्ना भएका थिए । ८६ वर्षीय लोहनीको आइसियूमा उपचार भएको थियो । सन् १९६६ मा रिलिज भएको नेपालको पहिलो व्यवसायिक चलचित्र माइतीघरमा लोहनी लिड रोलमा थिए । सिपीले फिल्म ‘माइती घर’ की नायिका माला सिन्हासँग नै विवाह गरेका थिए ।file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot