Logo

सिटिजन्स बैंक इन्टरनेश्नलद्धारा फातिामा फाउण्डेशनलाई आर्थिक सहयोग प्रदान



काठमाडौं, १७ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । बाँके जिल्लामा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेतृत्व गरी चलाउँदै आएको एक सामाजिक संस्था हो । उक्त संस्थाले मुस्लिम, मधेसी र अन्य पिछडिएका वर्गका महिला तथा बालबालिकाहरूको हकहितका लागी काम गर्दै आएको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले उक्त सहयोग गरेको हो । बैंकले फातिमा फाउन्डेसनमा आबद्ध विपन्न पृष्ठभूमिका महिलाहरूलाई स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ २० वटा सिलाई मेसिन सहयोगस्वरूप वितरण गरेको छ । बैंकले यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सृजना हुने, आय आर्जन हुने र उनीहरूको जीवनशैलीको पनि स्तरोन्नति हुने विश्वास लिएको छ ।

संस्थामा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप सिलाई मेसिनहरू हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो पहलले महिलाहरूलाई आत्मनिर्भर बन्न र उनीहरूको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे । विपन्न समुदायका महिलाहरूलाई सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए।टि।एम। र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख ३० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदानगर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot