Logo

मोहन बैद्यको पार्टी फुट्यो, समरजङ्गसहित ११ नेताले भने–पार्टीलाई गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाईयो (भिडिओसहित)



काठमाडौं, १७ बैशाख । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष बैशाख १८ गते भएको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र तत्कालिन नेकपा (क्रान्तकारी माओवादी) बीचको एकता भङ्गको घोषणा भएको छ ।

सचिवालय सदस्य समरजङले उक्त एकता घोषणा भएको जानकारी गराएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेनलको आयोजना गरेर समरजङले अब सच्चा क्रान्तिकारी कम्युष्निटहरु एकजुट हुन आवश्यक रहेको औंल्याउँदै वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन सबैमा अपिल समेत गरेका छन् ।

पार्टीमा असहमति पत्र बुझाउनेहरुमा भने समरजंग, विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्ट, युगान्तलगायत रहेका छन् ।
पार्टीभित्र देखापरेका सबैखाले समस्या हल गर्नको लागि पटक पटक अध्यक्ष मोहन बैद्यसँग् छलफल भएको भएपनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएकोले आफूहरु अलग हुने निश्कर्षमा पुगेको उनीहरुको भनाई छ । उनीहरुले अध्यक्ष बैद्यमाथि जनवादी केन्द्रीयताको उल्लंघन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पङ्गु बनाईएको र गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाईएको गम्भीर आरोप लगाएका छन् ।

उनीहरुले अध्यक्ष बैद्यमा रुढीवाद हाबी रहेको निश्कर्षसहित अब त्यो विचारले नयाँ क्रान्तिको नेतृत्व गर्न नसक्ने ठोकुवा गरेका छन् । समरजङ्ले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘विश्वसाम्राज्यवादले सच्चा कम्युष्निटहरुमाथि चौतर्फी हलमा गरिरहेको सन्दर्भमा सर्वशक्तिमान विचारको उच्चतम चरण माओवादलाई लत्याउँदै महान जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’, र उग्रवामपन्थी भड्कावको मिथ्या आरोप लगाउँदै जनयुद्धकालमा प्रतिकारमा संलग्न गुटहरुसँग गरिएको कथित पार्टी एकता हाम्रा लागि अस्विकार्य छ । परन्तु हामी विगतका सम्पूर्ण न्यायपूर्ण आन्दोलनका उपलब्धिहरुको रक्षा, समिक्षा र सच्चा क्रान्तिकारीहरुसँग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा भने छैनौं ।’

उनीहरुले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निरंकुश एवम् घोर सामन्तवादी प्रवृत्तिबाट ग्रस्त रहेको पनि आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot