Logo

दमनलाई बधाई दिँदै ओलीले दिए मतदातालाई धन्यवाद



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बझाङ प्रदेश सभा-१ को उपनिर्वाचनमा विजयी भएका पार्टीका उम्मेदवार दमन भण्डारीलाई बधाई दिएका छन् ।

आज सकिएको मतगणनामा प्रतिस्पर्धी उम्मेदवारलाई २६६ मतले हराउँदै भण्डारी निर्वाचित भएका थिए । भण्डारी निर्वाचित भएपछि सामाजिक सञ्जालमा ओलीले दमनलाई बधाई दिँदै सम्पूर्ण बझाङका मतदातालाई धन्यवाद दिएका छन् ।

‘बझाङमा केहीबेर अघि प्रदेशसभा सदस्य चुनावको मतगणना सकिएको छ । हाम्रो पार्टीका उम्मेदवार दमन भण्डारी प्रदेशसभा सदस्यमा विजयी हुनु भएको छ । उहाँलाई बधाई । सम्पूर्ण मतदाताहरूलाई धन्यवाद’, अध्यक्ष ओलीले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot