Logo

तरूण दलको आफ्नै भवन निर्माण हुने सपना साकार हुँदै, आज एकैदिन कोषमा १० लाख रकम जम्मा



काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसको भातृसंस्था तरूण दलको आफ्नै भवन निर्माण हुने भएको छ । गत चैत्र १५ र १६ गते बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष विद्वान गुरुङले पेश गरेका विभिन्न प्रस्तावमध्ये संगठनको आफ्नै भवन बनाउनेपनि थियो । अध्यक्ष गुरूङको उक्त प्रस्ताव सर्वसम्म्तले पारित भएको थियो । काठमाडौंको रवीभवनमा आफ्नै दुई रोपनी जग्गामा भवन निर्माण बन्ने भएको हो ।

उक्त जग्गा भने चितवनकी नानीमैयाँ श्रेष्ठले पार्टीलाई दान गरेकी थिईन् । आफ्नै केन्द्रीय सदस्यहरुबाट रकम संकलन गरि भवन निर्माण गरिने जानकारी अध्यक्ष गुरुङले दिएका छन् । सुरुवाती दिनबाट नै रकम संकलन तिव्र रुपमा चलिरहेको छ । आज (सोमबार) तरुण दल केन्द्रीय सदस्यहरुबाट दस लाख पचपन्न हजार (रु १०,५५,०००÷) रकम संकलन भएको अध्यक्ष विद्वान गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

करिव तीन करोडको अनुमानीत लागतमा उक्त भवन निर्माण गरिने अध्यक्ष गुरुङले जनाएका छन् । आज रकम सहयोग गर्ने नेपाल तरुण दल केन्द्रीय सदस्यहरुलाई अध्यक्ष गुरूङले धन्यवाद ज्ञापन गरेका छन् । हालसम्म भवन निर्माणको निम्ति नेपाल तरुण दलको केन्द्रीय सदस्यहरुबाट ६८ लाख ७२ हजार १ सय दुई रुपैयाँ प्राप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot