Logo

म्युजिक भिडियो निर्देशक समाजको नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बबिता श्रेष्ठ



काठमाडौं, १७ बैशाख । नेपाल म्युजिक भिडियो निर्देशक समाजमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा नयाँ कार्यसमिति गत शनिबार चयन भएको हो ।

समाजको काठमाडौंमा सम्पन्न दोश्रो अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दुई वर्षको लागि बबिता श्रेष्ठ मलेकु चयन भईन भने प्रथम उपाध्यक्षमा डि आर सुजन, द्धितीय उपाध्यक्षमा जनक सिंह, महासचिवमा दयाराम घिमिरे, सचिवमा प्रविण थापा, कोषाध्यक्षमा छत्रबहादुर श्रेष्ठ (काजिस) र सह कोषाध्यक्षतमा अञ्जन पुडासैनी चयन भएका छन् ।

१५ जना पदाधिकारी रहेको नयाँ कार्यसमित सदस्यहरुमा जयदत्त भट्ट (जयराज), खमेश श्रेष्ठ, राजु श्रेष्ठ, देवेन्द्र कुँवर, राजकुमार दर्जी, सुरेन्द्र बसेल, रुद्रबहादुर बुढाथोकी (शिशिर) र संगीत सागर बुर्जा रहेका छन् । समाजको निर्वाचन अधिकृतमा चलचित्र निर्देशक ऋषी लामिछाने, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी र कानुन व्यबसायी ताराकुमार श्रेष्ठ थिए ।

समाजको तेश्रो साधारण सभाको उद्घाटन शनिबार बिहान नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले गरे । समारोहमा बरिष्ठ म्युजिक भिडियो निर्देशक रोशन प्रताप राणालाई समाजका तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् उपकुलपति शम्भु राईले संगीतको लागि म्युजिक भिडियो अपरीहार्य भएको बताउँदै म्युजिक भिडियो निर्देशकसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot