Logo

नेपाल एसबिआई बैंक सम्मानित



काठमाडौं, १७ बैंक । नेपाल एसबिआई बैंक लि. रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा नेपाल एसबिआई बैंक लि. लाई प्रशंसापत्र प्रदान गरिएको हो ।

उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाहरुमध्ये उक्त बैंकले विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको जनाईएको छ ।

नेपाल एसबिआई बैंक लि.ले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, एउटा कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot