Logo

इलाम-२ को उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङले कटाए २० हजार मत, कांग्रेसका खड्का ६६०६ मतले पछि



काठमाडौं, १७ बैशाख । इलाम-२ मा भएको उपनिर्वाचनको मतपरीणाममा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ जिततर्फ अग्रसर बनेका छन् । उनले पछिल्लो मतपरीणामअनुसार २० हजार मत कटाएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका डम्बर खड्का ६६०६ मतले पछि परेका छन् । सुहाङले २०५९६ मत ल्याउँदा कांग्रेसका डम्बरले १३९९० मत प्राप्त गरेका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम (मुढा) ले ९६५९ मत प्राप्त गरेका छन् । आजै राति अबेरसम्म मतगणना सकिने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot