काठमाडौं, १८ बैशाख । इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन् । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० को फराकिलो अन्तरले पराजित गरेका हुन् ।
खड्काले २१९४२ मत प्राप्त गरेका हुन् । तेस्रो भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले भने ११४५७ मत प्राप्त गरेका हुन् । रास्वपाका उम्मेद्वार मिलन लिम्बुले भने ५०५० मत प्राप्त गरेका हुन् ।
बैशाख १५ गते भएको उपनिर्वाचनमा सो क्षेत्रमा कुल ६९२८७ मत खसेको थियो। रास्वपाका मिलनले १० प्रतिशत मत कटाउन सकेनन् । उनको जमानत जफत भएको छ।
चुनावअघि नै रास्वपाका नेताहरुले सो क्षेत्रमा आफ्नो पार्टीका उम्मेद्वार मिलन लिम्बुले शानदार जित निकाल्ने दाबी गरेका थिए । मिलन निर्वाचनको मुखमा माओवादी परित्याग गरी चुनावमा होमिएका थिए । file photo