Logo

सुनको भाउ स्थिर, चाँदीको घट्यो



काठमाडौैं, वैशाख १८ । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति तोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot