Logo

चौधरी फाउण्डेसनको सहयोगमा ब्युटीपार्लर तालीम सम्पन्न



नवलपरासी, वैशाख १८ । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको बर्दघाट ११ स्थित भगजोगनीमा तिन महिने आधारभुत ब्युटीपार्लर तालीम सम्पन्न गरिएको छ । चौधरी फाउण्डेसनको आर्थिक सहयोग तथा पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको तालीमका २५ जना महिलाको सहभागीता रहेको थियो ।


तालीम समापन समारोहमा बोल्दै चौधरी फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारिका चौधरीले चौधरी फाउण्डेसनले महिलाहरुलाई उद्यमशिलतामा अघि बढाउन विभिन्न प्रकारका सामाजीक क्रियाकलाप गर्दै आइरहेको र आगामी दिनमा समेत निरन्तरता जारी राख्ने बताइन् ।

सो अवसरमा नेपाल महिला संघकी केन्द्रिय सदस्य एवंम् नेतृ कमला तिवारी, तालीम आयोजक संस्था पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लोमा वाग्ले चौधरीले पछिल्लो पटक फाउण्डेसनले नवलपरासीका विभिन्न क्षेत्रमा गर्दै आएका सामाजीक ज्ञान र सृजनशील सिप विकासका कार्यले समाजमा पार्दै आएको सकारात्मक प्रभावबारे प्रशंसा गरे । ब्युटीपार्लर तालीमबाट महिलाहरुलाई सीप सिकेर आर्थिक रुपमा सबल बन्न रआत्मनिर्भर सहयोग पुग्नेमा उनीहरुले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot