Logo

रवि लामिछानेलाई भीमार्जुनको सुझाव : अब छलछाम वा सस्तो लोकप्रियतामा भन्दा काममा ध्यान दिनुपर्यो



काठमाडौं, १८ बैशाख । संविधानविद् डा. भीमार्जुन आचार्यले इलाम–२ को उपनिर्वाचनमा रास्वपाले व्यहोरेको हारबारे प्रतिक्रिया जनाएका छन् । उनले नयाँ भनिएका दलमा कुनै नयाँ नयाँपन नहुनु नै इलाम र बझाङको मतपरीणाम भएको टिप्पणी गरेका छन् । आचार्यले रवि लामिछानेको नाम नलिईकन विकल्प दिन तयार भनिएका दलहरुले अब छलछाम वा सस्तो लोकप्रियतामा भन्दा काम र इस्युमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

स्वयम रास्वपाका सभापति लामिछानेले इलामको उपनिर्वाचनमा जित्न नसकिएपनि सिक्न सकेको भन्दै सहर्ष पराजय स्विकारेका छन् । उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई संयमित भएर प्रस्तुत हुन पनि आग्रह गरेका छन् । इलाम–२ को उपनिर्वाचनमा रास्वपाले लज्जास्पद हार व्यहोरेको छ ।

रास्वपाका उम्मेद्वार मिलन लिम्बुले जमानतसमेत जोगाउन सकेनन् । अहिले इलामको परीणामपछि रास्वपाको बारेमा सामाजिक सञ्जालमा चौतर्फी आलोचना भैरहेको छ । ०८४ को आम निर्वाचन आउन तीन वर्षअघि नै रास्वपाको घण्टी भाँचिएकोसमेत टिकाटिप्पणी हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot