Logo

केएमसीमा डाक्टर पिटिएपछि चिकित्सक संघको आपत्ति, निकाल्यो कडा विज्ञप्ती



काठमाडौं, १८ बैशाख । नेपाल चिकित्सक संघले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको हातपातको घटनाप्रति आपत्ति जनाएको छ । हिजो (सोमबार) अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा. डा. बिनिता प्रधान र डा. पूजा शाहमाथि हातपात भएको थियो । विरामीका आफन्तले अस्पतालमा तोडफोडसमेत गरेका थिए । घट्ना घटेलगत्तै प्रहरीसमेत पुगेको थियो ।

घट्ना घटेको भोलिपल्ट आज (मंगलबार) चिकित्स संघले विज्ञप्ती जारी गरेर उक्त घट्नाको निन्दा गरेको हो । संघका महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot