Logo

सांसद महतोद्वारा बस्तीपुर–भेडिया सडक खण्ड स्तरोन्नतीको लागि शिलान्यास



काठमाडौं, १८ बैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद डा. वीरेन्द्र प्रसाद महतोले सिराहा–४ मा पर्ने बस्तीपुर भेडिया सडक खण्डको स्तरोन्नतीको लागि पहल लिएका छन् । उनले हिजो (सोमबार) उक्त सडक खण्डको स्तरोन्नतीको लागि शिलान्याससमेत गरेका छन् ।

उक्त सडक खण्डको आयोजना भने सडक डिभिजन कार्यालय लहानबाट प्राप्त भएको हो । पूर्वमन्त्रीसमेत रहेका महतोले सो क्षेत्रको सबैखाले विकासको लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास दिलाएका छन् ।

उनले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र सिचाईं आफ्नो प्राथमिकतामा परेको र सोहीअनुसार काम गरिरहेको जनाए । गृहजिल्लामा रहेका सांसद महतो विभिन्न कार्यक्रममा सरिक भैरहेका छन् ।

हिजोमात्रै उनले आगलागी पीडित परिवारलाई राहतस्वरुप आर्थिक सहयोग प्रदान गरेका थिए । यस्तै, क्यान्सर रोगबाट पीडितलाई पनि उनले आर्थिक सहयोग गरेको उनको सहयोगी रुकेश साहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot