Logo

भारतको चर्चित होटेल Fortune अब नेपालमा, भक्तपुरमा Fortune Resort and Wellness Spa को उद्घाटन (फोटोफिचर)



काठमाडौं, १८ बैशाख । भारतको चर्चित होटेल फच्र्यून अब नेपालमा विस्तार भएको छ । फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पा, भक्तपुरको आज उद्घाटन गरिएको छ ।

भारतको चर्चित आइटीसी ग्रुप अफ होटेल्सअन्तर्गतको फर्च्युन होटेल्सले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरू गरेको हो । होटेल सञ्चालकहरुले यस क्षेत्रको अग्रणी होटल ब्राण्डको रुपमा भारतीय होटल सञ्जालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

उक्त रिसोर्टको आज (मंगलबार) एक कार्यक्रमकाबीच नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै फर्च्युन होटलका प्रवन्ध निर्देशक समिर एमसीले नयाँ वर्ष २०८१ को सुरुवातमै रिसोर्ट सञ्चालनमा ल्याउन पाउनु खुशीको विषय भएको सुनाए । उनले भने,‘भारतबाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्युमा पहिलो शाखाको रुपमा यो सुरुवात गर्न पाउँदा हामी निकै हर्षित छौं ।’

सो क्रममा उनले हिलटेक हेल्थ एण्ड होम्स् प्रा.ली.का अध्यक्ष कमल जैनप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । उनले भने,‘भक्तपुरमा हाम्रो पहिलो रिसोर्ट सुरु गर्दैगर्दा सांस्कृतिक रुपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रुपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा हामी होटल सञ्चालकहरु बधाई दिन चाहन्छौं ।’

तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot